काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो ।
कम्पनीले आव २०७३/७४, ०७४/७५, ०७५/७६, ०७६/७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु अपलोड गरेपछि फुकुवा गरेको हो ।
बिहीवारदेखि कम्पनीको सेयर कारोबार खुला हुने छ ।
वि.सं.२०७८ वैशाख ८ बुधवार १७:०४ मा प्रकाशित