back
NMB ad

डेपुटी गभर्नर बम बहादुर मिश्रको कुन कम्पनीमा कति छ सेयर ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नु भएको छ । डेपुटस् गभर्नर सार्वजनिक पद भएका कारण उहाँले आफ्नो सम्पती विवरण सार्वजनिक गर्नु भएको हो ।

उहाँले नेपाल राष्ट्र बैंकमा चैत १९ गते आफ्नो सम्पती विवरण पेश गर्नु भएको हो । उहाँले पेश गरेको सम्पनी विवरणमा चार जनाको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको जानकारी गराउनु भएको छ । उहाँका अनुसार मिश्रका साथै सीता देवी कुँवर, निहारिका मिश्र र बन्सिका मिश्रको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको आईपीओ तथा एफपिओ रहेको छ । चार जनाको नाममा ६ हजार ७७० कित्ता आईपीओ तथा एफपीओ रहेको छ ।

मिश्रको नाममा ग्लोबल आईएमई बैंकको २३१, मेगा ८२२, सेञ्चुरी ७०४, मेरो माइक्रोफाइनान्सको ४४, रिडी हाईड्रो पावर ६७, जलविद्युत लगानी तथा विकास कम्पनी ४७७, अरुण काबेली पावर २०५, फरवार्ड कम्युनिटी माइत्र mोफाइनान्स ६४, एनसीसी बैंक ९१, आरएसडिसी लघुवित्त ९५, नेपाल पूर्वाधार विकास बैंकमा ५० कित्ता आईपीओ रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक ३८४, नेपाल लाइफ इन्स्योरेन्स १८६, स्टाण्डर्ड चार्टर्ड बैंकको २७३ कित्ता एफपीओ रहेको छ ।

मिश्रले पेश गरेको सम्पती विवरणमा सीता देवी कुँवरको नाममा ग्लोबल आईएमई बैंकको २३१, मेगा ८२३, सनराइज ३२२, सेञ्चुरी ६०७, अरुण काबेली पावर ९४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ६४, आरएसडिसी लघुवित्त ९५, नेपाल पूर्वाधार विकास बैंकमा ५० कित्ता आईपीओ रहेको छ । यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक ४९, नेपाल लाइफ इन्स्योरेन्स २२, स्टाण्डर्ड चार्टर्ड बैंकको २१ कित्ता एफपीओ रहेको छ ।

निहारिका मिश्रको नाममा मेरो माइक्रोफाइनान्सको २१, प्राइम कमर्शियल बैंकको २४५, अरुण काबेली पावर ९४, फरवार्ड कम्युनिटी ६४, आरएसडिसी लघुवित्त ९५, पूर्वाधार विकास बैंकको ५० कित्ता आईपीओ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ र स्टाण्डर्ड चार्टर्ड बैंकको २१ कित्ता एफपीओ रहेको छ । यस्तै बन्सिका मिश्रको नाममा नेपाल पूर्वाधार विकास बैंकको ६० कित्ता सेयर रहेको छ ।
उहाँले यो सबै सेयर स्वआर्जन सम्पतिले खरिद गरेको जानकारी गराउनु भएको छ ।

सम्पती विवरणमा उल्लेख भए अनुसार उहाँको नाममा रहेको विभिन्न बैंक खातामा नगद तथा डलर मौज्दात रहेको छ । उहाँले एकै मितिमा विभिन्न बैंकमा डलर खाता खोलेर डलर राख्नु भएको उल्लेख छ । उक्त डलरको आयस्रोत विदेश भ्रमण तथा तलब, भत्ता रहेको छ । उहाँले एकै मितिमा तीन वटा बैंकमा डलर जम्मा गरेको जानकारी गराउनु भएको छ । उहाँसँग सुन र चाँदी २५, २५ तोला रहेको जानकारी गराउनु भएको छ ।

वि.सं.२०७८ वैशाख ११ शनिवार १३:०३ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...