काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकको खुद नाफा गत वर्षसम्मको तुलनामा ५४.१२ प्रतिशतले बढेको हो । बैंकले गत वर्ष सोही अवधिसम्म १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ८३ करोड १४ लाख रुपैयाँ छ । बैंकको चुक्तापूँजी १० अर्ब ९६ करोड २२ लाख पुगेको छ । जगेडा कोषमा ८ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
यस्तै, तेस्रो त्रैमासम्म १ खर्ब ७२ अर्ब ३१ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५३ अर्ब ५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा रहेको छ ।
वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:०५ मा प्रकाशित