back
NMB ad

कोभिड पोजेटिभ र अन्य बिरामी बोक्न छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्स व्यवस्था गर्दै महानगर

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासनबाट जारी आदेशका समयमा अस्पताल जान आउन काठमाडौं महानगरले कोभिड १९ का पोजेटिभ विरामी र अन्य बिरामीलाई अस्पताल लान ल्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

कोभिड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न आज बोलाइएको विशेष कार्यपालिका बैठकका निर्णयका बारेमा जानकारी दिँदै बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो ।

‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कारोना पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउने छन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछौँ । एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ ।

यसबाट डाइलोसिस लगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुनेछ ।’ प्रमुख शाक्यले भन्नुभयो, उपचार गर्न जानु पर्ने बिरामीलाई सवारी पासको व्यवस्था गर्दा व्यवस्थापकीय समस्या हुने भएकाले एम्बुलेन्स सेवासँगको सहकार्यमा सेवा दिन लागिएको हो । यसप्रकारको सेवा गएको बर्षको बन्दाबन्दीका समयमा पनि दिइएको थियो ।’

यसका लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहार्नेछ ।

राहत वितरण गर्ने र खाना खुवाउने काम तत्काल आवश्यक नरहेको बैठकले निष्कर्ष निकालेको छ । विगत बर्ष बन्दाबन्दीका समयमा बाँडिएको राहत र खुवाइएको खाना कार्यक्रमको विश्लेषण गर्दै बैठकले संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने गरी अहिलेलाई राहत बाँड्ने र खाना खुवाउने काम नगर्ने निर्णय गरेको हो ।

नागरिकका समस्या सुनुवाई गरेर समाधान गर्न टोल फ्रि नं. ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोविड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।

बैठकमा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, रामकुमार के. सी., मचाराजा महर्जन, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु लक्ष्मी श्रेष्ठ र हीरादेवी पोखरेलले वडास्तरीय समस्याका बारेमा धारणा राख्नुभएको थियो ।

कोविड भएका विरामी र परिवार संक्रमणका बारेमा भएको कुरा लुकाउँछन् । पोजेटिभ थियो, निको भइ सक्यो भन्छन् । यस्तो बेला एकिन तथ्याङ्क कसरी लिने? प्रश्न राख्दै उहाँहरुले कोविड संक्रमणको वास्तविक चित्र निकाल्न कठिन भएको बताउनुभएको थियो ।

वडास्तरीय विपद व्यवस्थापन समितिको परिचालन, अहिले जनगणनाको काम भइरहेकोले गणकहरुमार्फत सरकारका सूचना जनताका दैलामा लैजाने र कोभिड सम्बन्धि तथ्याङ्क लिन सकिनेमा ध्यान जानु पर्ने, मानवीय सहयोगका काममा सहज हुने निर्णय गर्नुपर्ने लगायत सुझाव राख्नुभएको थियो ।

वैठक सुरु हुनअघि जनस्वास्थ्य विभागले विश्वमा दोस्रो चरणमा फैलिएको कोभिड असर, नेपाल र काठमाडौँको महामारीको वृद्धिदर, रोग नियन्त्रणका लागि विभागका कार्यक्रमका बारे प्रस्तुतिकरण गरेको थियो ।

साझा प्रयासले मात्र महामारी नियन्त्रण सम्भव हुने बताउँदै त्यस क्रममा विभागका प्रमुख हरिबहादुर कुँवरले व्यक्ति व्यक्तिको आचरणसँग जोडिएकोले महामारी रोक्न हरेक व्यक्तिमा इमान्दारिता र नैतिकता हुनुपर्ने धारणा राख्नुभयो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १८:२६ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...