back
NMB ad

नबिल बैंकको नाफा साढे १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा नबिल बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  जुन गत आजको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा भने बढेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ५.१० प्रतिशतले घटेर ५ अर्ब ९ करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १६.३७ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ रहेको छ ।

१३ अर्ब ४० करोड ८१ लाख ५९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ८४ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको छ ।

बैंकले चैत मसान्तसम्म आईपुग्दा २ अर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.६३ प्रतिशतबाट घटेर ०.४८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसामा रहेको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ११:०२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...