back
NMB ad

हिमालयन जनरलको नाफा १९.१३% ले घट्यो, साढे ५४ करोड बढी रकम भुक्तानी हुन् बाँकी

Kumari bank ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा घटेको देखिएको छ ।

गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा कम्पीनको नाफा १९.१३ प्रतिशतले घटेको हो ।चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ९ करोड १० लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा तथा कोषमा २८ करोड ६६ लाख ३० हजार रुपैयाँ रहेको छ । बीमा कोषमा ६० करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको कम्पनीले महा बिपत्ती कोषमा भने ५ करोड ११ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीले ९१ करोड ८५ लाख १५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्क आर्जन ६.४३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ३० लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५४ करोड ८८ लाख ८३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा २२ करोड ८१ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको थियो । चैतसमान्तसम्म भुक्तानी हुन बाँकी रकम भने ५४ करोड ७४ लाख ८१ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...