back
NMB ad

अक्सिजनको आपूर्ति सहज बनाउन सरकार र नीजि क्षेत्रबीच तीन निर्णय

Kumari bank ad

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गर्नुभएको हो ।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । यस्तै अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ ।

यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । निजी क्षेत्रका ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन् । १५ हजार लिटर भन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरु यिनै उद्योगमा निर्भर हुनुपरेको छ ।

सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले संकटको अबस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । ‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘संकटको बेला भ्रमको खेतीहरु गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’

सिसिएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले बिभिन्न प्रयासहरु गरेको छ । काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगहरुहरुको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समिक्षा गरिएको छ भने सबै उद्योगहरुमा सुरक्षाकर्मी खटाइएको छ । सरकारले अक्सिजन उद्योगको क्षमता बृद्धि र मर्मत कार्यमा सहजीकरण तथा सहयोग समेत गर्ने भएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १९:१९ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...