back
NMB ad

साढे २४% ले नाफा वृद्धि हुँदा गुराँस लाइफको बीमाशुल्क आर्जन ३ अर्ब बढी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म १० करोड ४२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ ।बुधवार कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.५१ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १२२.६७ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ४६ करोड २६ लाख ३५ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ छ । यो गत वर्षभन्दा ४२.७९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष रकम ३६ करोड ६३ लाख ४३ हजार रुपैयाा रहेको थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...