back
NMB ad

कोरोना महामारीमा सघाउन ल्हासा नगरले दियो ४ वटा भेन्टिलेटर

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिब्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ ।

ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् । बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएका सामान ३० गते तातोपानी भन्सारमा पुगेका थिए । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राती महानगरसम्म ल्याउनुभएको थियो ।

‘ल्हासा र काठमाडौँको आत्मीय भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोविड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर मेसिन पनि प्राप्त भएका छन् ।’

भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, ‘काठमाडौँका नागरिककातर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ ।’ ज्ञवालीकाअनुसार प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

‘संघीय नेपालको राजधानी सहर भएकोले अन्य ठाउँको तुलनामा काठमाडौँमा कोविडको जोखिम धेरै छ । यसबेला काठमाडौँलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’ सामान लिएर आउनुभएका तातोपानी गाउँपालिकाका प्रमुख पौडेलले भन्नुभयो, ‘दुःखमा साथ दिन पाइयो । तातोपानीबाट सामान बुझेर काठमाडौँसम्म ल्याउनुलाई मैले जिम्मेवारी ठानेको छु ।’

महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेकाअनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिनलगायत नगरहरुले पनि सहयोगको इच्छा व्यक्त गरेका छन् । आदानप्रदानका लागि भएका पत्राचारका आपसी विषयहरुलाई निर्णय प्रक्रियामा लगिनेछन् । काफ्लेकाअनुसार जापानको मात्सुमोतो, कोरियाको सियोल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्ने सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । तर हवइ यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ ।

अवैतनिक महावाणिज्यदूत वस्नेतकाअनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करीब १ करोड ५० लाख रुपैयाँ) हो । म आपसी सम्बन्धका क्षेत्रमा काम गर्ने भएकोले अब अक्सिजन र यससँग सम्बन्धित उपकरणका लागि पहल गर्नेछु ।

वि.सं.२०७८ जेठ २ आइतवार ०८:२१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...