back
NMB ad

नेपालमा आयो ‘रियलमी सी ११ २०२१’ मोबाइल, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । रियलमीको बहुप्रतिक्षित मोबाइल फोन “रियलमी सी ११ २०२१“नेपालमा सार्वजनिक गरिएको छ ।

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवा जमातमाझ इन्ट्रीलेभलफोनको विगत दृस्टीकोणलाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ ।

“रियलमी सी ११ २०२१“अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तैबलियो छ, यसकाअलावा योटिकाउ ब्याट्री, सशक्तप्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।

५००० एमएएच ब्याट्री

“रियलमी सी ११ २०२१“ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमाआएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्मका लागि टिकाउ रहन्छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युबचलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमाकुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखिमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।

यसैगरी मोबाइलमापावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एपच लाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । त्यसैले ब्याट्रीमा चार्ज कमभएको छ तरतपाईँ चार्ज गर्ने अवस्थामाहुनुहुन्नभने पनितनावलिनआवश्यक छैन, बस सुपर पावर मोड अन गर्नुस् र ढुक्क हुनुस् ।

यसका साथै यसमा छन सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु जस्तै एपक्वीकफ्रिजले ब्याकग्राउण्डका सुस्त एपमाखपतहुने पावर घटाउने, स्क्रीन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कमगरि फोनको स्थिरता बढाउँछ, स्लीप स्ट्यान्डबाइ अप्टिमाइजरले फोनलाई निम्नमोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूतियसमागर्न पाउनेछन् ।

६.५ इन्च डिस्प्ले र ओक्टा कोर प्रदर्शन
“रियलमी सी ११ २०२१“मा६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भच्र्युल दुनियाँको गहिरो आनन्ददायीअनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।

फ्रेम बाहिर विशाल डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसंग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर४एक्स र्याम र २५६ जीबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबीस्टोरेज रहेको छ । उच्चश्रेणीको ४ एक्स र्यामको प्रयोग तपाईँका लागि लाभदायी छ किनभने यसले पावर खपत १७प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ ।

एन्ड्रोइड ११ माआधारित रियलमीयुआई संस्करणको यस फोनले उपभोक्तालाई अधिकआनन्द र सहज उपयोगको अनुभूति दिन्छ । “रियलमी सी ११ २०२१“मा एलइडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामेरा रअति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ । वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता तपाइलाई चाहिने सबै आधारभूत विशेषता यसमा छन् ।

यी सबैका साथ रियमलीले उच्च क्वालिटी कायमगर्नुका साथै विश्वसनीय, टिकाउ, गुणस्तरीय रहेको छ । कम्पनीकाअनुसार ’तालनीलो’र ’फलामे–खैरो’दुई रङ्गमाउपलब्ध“रियलमी सी ११ २०२१“को मूल्य १२ हजार ९९० छ ।

वि.सं.२०७८ जेठ २ आइतवार ११:३१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...