back
NMB ad

नेपालीले १० महिनामा ५७ करोड चपाए, पडकाए र थुके !

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालीले करिब ५७ करोड रुपैयाँ बराबरको चुइगम पडकाएका छन् । भन्सार विभागका अनुसार १० महिनाको अवधिमा ५६ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको छ ।

विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा १ हजार ७५५ टन चुइगम नेपाल भित्रिएको विभागले जनाएको छ ।

यो अवधिमा नेपालमा भारत, बंगलादेश, टर्की, कोरिया, अमेरिका लगायत विश्वका एक दर्जनबढी मुलुकहरुबाट चुइगम आयात भएको छ ।

चुइगम बैशाख मसान्तसम्म सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट पछिल्लो १० महिनामा ५५ करोड ६१ लाख ७ हजार रुपैयाँको १ हजार ७०८ टन चुइगम आयात भएको विभागले जनाएको छ ।

भारतपछि धेरै चुइगम बंगलादेशबाट आयात भएको छ । चालु आवको पछिल्लो १० महिनामा उक्त देशबाट ९९ लाख २८ हजार रुपैयाँ बराबरको ४१ हजार १७५ केजी चुइगम नेपाल आएको छ ।

त्यस्तै, टर्कीबाट १९ लाख १० हजार रुपैयाँको आयात भएको छ । वैशाख मसानतसम्म उक्त देशबाट ४ हजार ६९२ केजी चुइगम नेपाल आएको विभागले जनाएको छ ।

चालु आवको पछिल्लो १० महिनामा सबैभन्दा कम तीन देशबाट आयात भएको देखिएको छ । हङकङ, इटली र थाइल्याण्डबाट १÷१ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको छ ।

कोरोनाले आर्थिक अवस्था खुम्चेको समयमा करिब ५७ करोड रुपैयाँ बराबरको चुइगम आयात हुनु भनेको बिना अर्थको खर्च हो । चुइगमनले मानिसको भोक, तिर्खा मेट्दैन ।

हेर्नुहोस् कुन देशबाट कति आयात ?

वि.सं.२०७८ जेठ १२ बुधवार १५:०१ मा प्रकाशित

You can share this post!

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...