काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको छ । शुक्रबार नेप्सेले सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
सद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य १ हजार २०५ रुपैयाँ तोकेको छ । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि सेयरमूल्य ७९१ रुपैयाँ तोकेको छ ।
वि.सं.२०७८ जेठ १४ शुक्रवार ११:०८ मा प्रकाशित