back
NMB ad

मातातिर्थ सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट निर्माण सुरु गर्यो

Kumari bank ad

काठमाडौं । मातातिर्थ सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट निर्माण सुरु गरेको छ । करिब ७४ लाख लागतमा उक्त प्लान्टको निर्माण सुरु गरेको हो ।

निर्माण सकेर एक महिना भित्रमा नै अस्पतालले अक्सिजन उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका–८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोस खड्काले बताएको बताउनुभयो । यो अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने उहाँकाे भनाइ छ । यतिबेला प्लानको फाउन्डेसनको काम धामाधम भइरहेको नगर भैतिक पुर्बधार समिति संयोजक तथा वडा-१५ का अध्यक्ष उत्तम राउतले जानकारि दिनुभयो ।

वडाको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट निर्माण सुरू भएकाे हाे । हालसम्म दाताहरुबाट १५ लाख ७७ हजार ४४३ रुपैयाँ संकलन भइसकेको छ भने सहयोग आउने क्रम अझै जारि रहेको छ ।

हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेको छ। प्लान्ट स्थापना सँगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने अध्यक्ष खड्काको दाबि छ ।

काेराेनाकाे दोश्रो भेरियन्ट सुरु भए सगै चन्द्रागिरि नगरपालिमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म नगरमा ४१८६ संक्रमित भएका मध्य ३४८७ जनाले कोरोना परास्त गरिसकेका छन् । २५ जना आइसोलेशन र अस्पतालमा उपचारत छन् भने ६२९ जना होम आइसोलेशनमा बसेका छन् । कोरोना सक्रमणकै कारण चन्द्रागिरि नगरपालिमा ५४ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार १२:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...