back
NMB ad

बीमा कम्पनीले आर्जन गरे सवा खर्ब बीमा शुल्क, कसको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा जिवन तथा निर्जीबन बीमा कम्पनीले १ खर्ब २३ अर्ब ५९ करोड रुपैयाँ बीम शुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार यो अवधिमा जीवन बीमा कम्पनीले ९८ अर्ब ८९ करोड रुपैयाँ र निर्जीबन बीमा कम्पनीले २४ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीले वैशाख मसान्तसम्म प्रथम बीमा शुल्क ३४ अर्ब २ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६४ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमा शुल्क र ५३ करोड वैदेशिक रोजगारी बीमा शुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पोरेशनले १४ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफले ९ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै मेट लाइफले ४ अर्ब ३६ करोड, एशियन लाइफले ४ अर्ब ८० करोड रुपैयाँ र सूर्य लाइफले ३ अर्ब ४१ करोड, गुँरास लाइफले ३ अर्ब १३ करोड, प्राइम लाइफले ३ अर्ब २७ करोड, आइएमई लाइफले १ अर्ब ९८ करोड, युनियन लाइफले ५ अर्ब ४१ करोड, ज्योति लाइफले २ अर्ब ४३ करोड, सन नेपाल लाइफले १ अर्ब ८१ करोड, रिलायन्स लाइफले २ अर्ब १ करोड, रिलायबल लाइफले ३ अर्ब ३९ करोड, सिटिजन लाइफले २ अर्ब ७१ करोड, सानिमा लाइफले १ अर्ब ६२ करोड, प्रभु लाइफले १ अर्ब १८ करोड र महालक्ष्मी लाइफले ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटाले चालु आवको १० महिनामा २४ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क आर्जनको तथ्याक उपलब्ध गराएको छैन ।

यो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले २ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै नेपाल इन्स्योरेन्सले १ अर्ब ४ करोड, दि ओरियन्टलले ८७ करोड, नेशनलले ७२ करोड, हिमालयन जनरलले ९७ करोड, यूनाइटेडले ९१ करोड, प्रिमियरले १ अर्ब ५२ करोड, एभरेष्टले ८३ करोड, सगरमाथाले २ अर्ब ८ करोड, प्रभुले १ अर्ब २० करोड, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १३ करोड, लुम्बिनीको १ अर्ब १० करोड, एनएलजी इन्स्योरेन्सको १ अर्ब ८१ करोड, सिद्धार्थको १ अर्ब ८८ करोड, जनरल इन्स्योरेन्सको ५६ करेड र अजोड इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १९:३९ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...