back
NMB ad

बन्दाबन्दी र निषेधाज्ञाले ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित, कुन प्रदेशमा कति ?

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोरोना महामारीका कारण मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् ।

महासंघले सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसग लिएको तथ्याङक बन्दाबन्दी र निषेधाज्ञाले करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित भएका हुन् ।

प्रदेशगतरूपमा हेर्दा प्रदेश १ मा ८२.७, गण्डकीमा ७५, बागमतीमा ६९, प्रदेश-२ मा ६९, लुम्बिनीमा ६४.५, सुदूरपश्चिममा ५७.७ र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा कोरोनाले असर गरेको छ ।

कोरोना महामारीले उद्योग व्यवसाय प्रभावित भएपनि सिंगो महासंघको सञ्जाल कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको जनाएको छ ।

महासंघका अनुसार खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू बिहान ३-४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको छ ।

कोरोना महामारीको चपेटामा उद्योगी व्यवसायीहरू पनि परेका छन् । दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसंगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र आ–आफ्नो तहबाट सहयोगमा उत्रन अपिल समेत गरेको छ ।

उद्यमी व्यवसायीहरूले आइशोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क मार्फत सहयोगमा जुटिरहेको महासंघले जनाएको छ ।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको महासंघको तर्क छ ।

महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोष नै खडा गरी स्वास्थ सहयोग गरीरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसंग समन्वय गरी बेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइशोलेशन केन्द्र निर्माण तथा संचालन लगायतमा सहयोग गरीरहेका छन् । त्यस्तै कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसंग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन् ।

विशेषगरी अधिकांशबाट अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरणर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरणमा सहयोग रहेको पाइन्छ । विहान बेलुका खान समस्या भएकालाई खाद्यान्नको जोहो गरिदिने देखि जनचेतना बिस्तारमा पनि संघहरूबाट सहयोग भैरहेको बुझिएको छ ।

महासंघका वस्तुगत संघहरूले पनि आआफ्नो तहबाट सहयोग गरिरहेका छन् । त्यस्तै महासंघका सदस्य एसोसिएट सदस्य औद्योगिक एवं व्यवसायिक घरानाहरू, उद्योग प्रतिष्ठानहरू, बैकिङ क्षेत्रले विभिन्न अस्पतालहरूलाई आर्थिक सहयोग, अक्सिजन, औषधि सहित अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग तथा आआफ्ना कामदार कर्मचारीहरूको व्यवस्थापनमा समेत सहयोग गरिरहेको पाइन्छ ।

महासंघका सदस्य व्यवसायिक घरानाहरूको समेत पहलमा बाहिरबाट अक्सिजन प्लान्टहरू ल्याउने पहल समेत भैरहेको छ । महासंघ आफैले पनि काठमाडौं र ललितपुरमा गरी तीनवटा आइशोलशेन संचालन गरि कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ । यसका लागि महासंघले राहत कोष नै खडा गरेको छ ।

महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइशोलेशन केन्द्र अक्सिजन सहित चालु छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुर अक्सिजनविनाको ड्राइ आइशोलेशका रुपमा चालु छन् भने सवै आइशोलेशन केन्द्रमा चौविसै घण्टा स्वास्थ्य चेकजांच तथा औषधिको प्रवन्ध सहितको व्यवस्था छ । आवश्यकताका आधारमा थप विस्तार गर्दै जाने महासंघको योजना छ ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले महासंघले आइशोलेशन केन्द्र संचालनमा ल्याएको हो ।

महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसटम्म सयौं विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएको महासंघको भनाई छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...