काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको २३ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना निकाल्दै केही संस्थापकहरुको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त सेयर खरिद गर्नका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिनुपर्ने छ । आवेदन सूचना प्रकाशित भएको ३५ दिन भित्र दिनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिदाँ आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय गैँडाकोट, नवपरासी मा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको विवरण खुलाई दिनुपर्ने बताइएको छ ।
उक्त सेयरमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ असार १ मंगलवार ११:२४ मा प्रकाशित