back
NMB ad

जोखिममा हिमालयन डेस्टिलरी, शिवम सिमेन्ट, नागरिक लगानी कोष, विशाल बजार र साल्ट ट्रेडिङको सेयर

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका विभिन्न ५१ कम्पनीको नामावली प्रकाशित गरेको छ ।

बोर्डले सार्वजनिक गरेको कम्पनीहरुमध्ये हिमालयन डेस्टिलरी, शिवम सिमेन्ट, नागरिक लगानी कोष, विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन रहेका छन् ।

हिमालयन डेस्टिलरीको सेयर मूल्य गत वर्ष बैशाख ३० गते १ हजार २४२ रुपैयाँ रहेकोमा यो वर्षको जेठ ३१ गतेसम्म आइपुग्दा ५ हजार ४९५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५४ पैसा रहेको छ ।

बोर्डले शिवम सिमेन्टको पनि सेयर मूल्यमा चलखेल गरी अस्भाविक बढाइएको जनाएको छ । कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गते ४७३ रुपैयाँ रहेकोमा यो वर्षको जेठ ३१ गतेसम्म आईपुग्दा १ हजार ५९२ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै, नागरिक लगानी कोषको सेयर मूल्य गत जेठ ३१ गतेसम्म आईपुग्दा ४ हजार १०७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य गत वर्षको बैशाख ३० गतेसम्म २ हजार ३६७ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ ।

त्यसैगरि बोर्ड विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि चलखेल भएको जनाएको छ । कम्पनीको सेयर यो वर्षको जेठ ३१ गतेसम्म आईपुग्दा ६ हजार ४७७ रुपैयाँ पुगेको छ । जुन गत वर्षको वैशाख ३० गतेसम्म १ हजार ५२८ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको प्रतिसेयर आम्दानी २५० रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार ६८५ रुपैयाँ ३२ पैसा रहेको छ ।

सेयर मूल्य चलखेल गरि बढाउने कम्पनीमध्ये साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पनि रहेको छ । कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गतेसम्म २ हजार ४ सय रुपैयाँ थियो । तर, यो वर्षको जेठ ३१ गतेसम्म आईपुग्दा कम्पनीको सेयर मूल्य १० हजार ६६५ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ४१४ रुपैयाँ ९ पैसा रहेको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ । पछिल्लो समय केही सूचीकृत कम्पनीको सेयर मूल्यमा चलखेल गरी बढाएपछि बोर्डले  अनुसन्धान गरेको थियो ।

 

वि.सं.२०७८ असार १ मंगलवार १८:०१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...