back
NMB ad

तीन वटा प्रदेशको बजेट १ खर्ब बढी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/८९ का लागि प्रदेश २ सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल विनियोजित बजेटमध्ये चालुगततर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ, पुँजीगततर्फ१८ अर्ब ५ करोड ३० लाख ८३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्रोत व्यवस्थापनतर्फ प्रदेशको आन्तरिक स्रोतबाट ३ अर्ब ४ करोड ९१ लाख, ३१ हजार र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ बराबर व्यहोरिने प्रदेश नम्बर २ का आर्थिक मामिला तया योजना मन्त्री बिजय कुमार यादवले प्रदेश सभा बैठक मार्फत जानकारी गराउनुभयो । उहाँका अनुसार राजस्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ बराबर स्रोत व्यहोरिने छ ।

बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

चालु आवको बजेट खर्च गर्न नसकेको ६ अर्ब २५ करोड रुपैयाँको नगद मौज्दात समेत गरी बजेट स्रोत व्यवस्थापन गरिएको मन्त्री यादवले जानकारी गराउनुभयो ।

उहाँका अनुसार यी सबै स्रोतबाट ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्रोत व्यवस्थापन गरिएको छ । बाँकी १ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य प्रदेश सरकारको लक्ष्य रहेको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेश सरकारले मंगलबार आगामी आवका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जसमध्ये चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार रुपैयाँ पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ बिनियोजन गरेको हो ।

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड (पूर्णपाठसहित)

त्यसैगरी स्रोतमध्ये राजस्व परिचालनबाट १ अर्ब ८ करोड ३ लाख २२ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँड भइ प्राप्त हुने अनुमानित रकम ७ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ रहेको छ । त्यसैगरी संघीय रोयल्टी बाँडफाँड भइ प्राप्त हुने ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड ४० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब ६८ करोड ३० लाख ६१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १९ करोड ३३ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रकम १ अर्ब २२ करोड ९४ लाख, विशेषबाट ६१ करोड ३५ लाख र विकास साझेदारहरुबाट बजेट प्रणाालीमार्फत परिचालन हुने सहायता रकम २ करोड ४६ लाख १० हजार रुपैयाँ अनुमान प्रदेश सरकारको रहेको छ ।

त्यसैगरि लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोढ ९७ लाख विनियोजन भएको छ ।

जसमध्ये चालु तर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार रहेको छ । पुँजी तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार र वित्तीय तर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १९:५३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...