back
NMB ad

लगानीकर्ताका संघले भने : गैह्र जिम्मेवार धितोपत्र बोर्डको धारणामा नलाग्नु, संयमित भएर लगानी गर्नु

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ता संघले गैह्र जिम्मेवार धितोपत्र बोर्डको धारणा र प्रवृतिमा नलागी संयमित भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको बारेमा प्रकाशित अवधारणाप्रति लगानीकर्ताको संघले गम्भिर असहमति जनाउँदै लगानीकर्तालाई यस्तो आग्रह गरेका हुन् । बोर्डले आफ्नो जिम्मेवारी र दायित्वलाई मनन नगरी गरेको यो काम पुँजिबजारको अहितमा रहेको भन्दै नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको धारणा र प्रवृतिप्रति नलागी संयमित ढंगले लगानी सम्बन्धि धारणा बनाउन आग्रह गरेका छन् ।

नियामक निकायले आफैले सञ्चालन स्विकृती दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन सक्दैन र कानूनले बर्जित गरेका बाहेक सबै कामहरु स्वतन्त्र रुपमा गर्ने छुट पाउने जनाएको छ ।

बोर्डले लगानीकर्तालाई श्रव्य दृश्य, इलेक्ट्रोनिक मिडिया, वेव साइट जस्ता माध्यम मार्फत जानकारी मूलक सूचना दिनुपर्नेमा ५१ वटा कम्पनीलाई कालो सूचिको ढाँचामा प्रस्तुत गर्दै असार १ गते लगानी गरेका लगानीकर्ताको लगानीलाई असुरक्षित बनाउने काम बोर्डले नै गर्नु ज्यादै दुःखद भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

दुवै संगठनले विज्ञप्तिमा यी कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्ने जिम्मा बोर्डको हो की होइन भन्दै प्रश्न गरेका छन । सरकारको प्रत्यक्ष लगानी भएका कम्पनीमा सर्वसाधारणले विश्वास गरेर लगानी गर्नु गलत भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

विज्ञप्तिमा लगानीकर्ताले टिएमएस, क्लोज आउट, मेरो सेयरमा भोगेको मसस्या समाधान नगरी, नयाँ ब्रोकरलाई लाईसेन्स नदिइ, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स नदिइ सेयर खरिब बिक्रीमा लाग्दै आएको चर्को कमिशन घटाउन ध्यान नदिई, पुँजिगत लाभकर घटाउने विषय ओझेलमा पारेर ५१ वटा कम्पनी खराब भनेर विज्ञप्ति निकाल्नु चिन्ताको विषय भएको उल्लेख छ ।

वि.सं.२०७८ असार २ बुधवार १०:३२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...