back
NMB ad

गुणस्तरहीन ह्याण्ड सेनिटाईजर बनाउनेको बिगबिगी, २ जना पक्राउ

Kumari bank ad

काठमाडौं । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले मेसिन सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत काठमाडौं नयाँ बानेश्वर बस्ने रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी भदौरे घर भएका २२ वर्षीय सुजन गौतम र काठमाडौं कोटेश्वर बस्ने बझाङ केदारस्यूं गाउँपालिका–८ भण्डार घर भएका २८ वर्षीय चन्द्र प्रसाद जोशी रहेका छन् ।

कोभिड–१९ महामारीका कारण ह्याण्ड स्यानिटाइजरको अत्याधिक माग भइरहेको सन्दर्भमा ‘नेपालय ह्याण्ड स्यानिटाइजर’ नामको स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजरमा मिथानोल रसायन ६८ प्रतिशत भेटिएको थियो ।

स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएको र औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भएछि प्रहरीले उक्त स्यानिटाइजरको उत्पादन एवं प्याकिङ भइरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । साथै औषधि व्यवस्था विभागमा दर्ता समेत नगरी म्यानिफ्याक्चर बाई मेडिग्राफ अफ कम्पनी लिमिटेड कम्पनी लोकन्थली–१ भक्तपुर नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाइजर सहित उक्त स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवाश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाइएको तथा हाल फरार रहेका उक्त प्रालिका संचालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहालको खोजी भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ असार २ बुधवार १७:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...