back
NMB ad

बागमती प्रदेशले कुन स्थानीय तहलाई कति दियो बजेट (विवरणसहित)

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेशका स्थानीय तहलाई ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

जसमा समपुरक तर्फ २ अर्ब ९१ करोड ८१ लाख ७९ हजार, विशेष अनुदान तर्फ ४२ करोड ४३ लाख ५० हजार, सशर्त अनुदान तर्फ २ अर्ब ६६ करोड ३१ लाख १२ हजार र वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

उक्त रकममा महानगरपालिकाको लागि ३८ करोड ८९ लाख ५६ हजार, उप-महानगरपालिकाको लागि ११ करोड ६६ लाख ९६ हजार, नगरपालिकाको लागि ३ अर्ब ७ करोड ८ लाख ४७ हजार र गाँउपालिकाको लागि ३ अर्ब ९२ करोड ९१ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार महानगरपालिका तर्फ सपुरक अनुदानमा ३ करोड ९९ लाख ४६ हजार, सशर्त अनुदानतर्फ १७ करोड १७ लाख ३८ हजार र वित्तीय समानीकरण अनुदान तर्फ १७ करोड ७२ लाख ७२ हजार रहेको छ ।

मन्त्रालयका अनुसार उप-महानगरपालिकाको लागि समपुरकतर्फ ३ करोड सशर्त अनुदानमा ५ करोड ६८ लाख २९ हजार र वित्तीय समानीकरण अनुदानका लागि भन्दै २ करोड ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यस्तै नगरपालिकाको लागि समपुरक अनुदानतर्फ १ अर्ब १७ करोड ९१ लाख ८२ हजार, विशेष अनुदानतर्फ १४ करोड ८९ लाख, सशर्त अनुदानतर्फ १ अर्ब १० करोड ८ लाख ८ हजार र वित्तीय समानीकरण अनुदानतर्फ ६४ करोड १९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

गाँउपालिकाको लागि समपुरक अनुदानतर्फ १ अर्ब ६६ करोड ९० लाख ५१ हजार, विशेष अनुदानतर्फ २७ करोड ५४ लाख ५० हजार रुपैयाँ र सशर्त अनुदानतर्फ १ अर्ब ३३ करोड ३७ लाख ३७ हजार तथा वित्तीय समानीकरण अनुदानतर्फ ६५ करोड ९ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्ण विवरण हेर्न यहाँ क्लिक

 

 

वि.सं.२०७८ असार ४ शुक्रवार १९:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...