काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । छापावाला सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।
सुनको मूल्य अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार र यस साताको शुक्रवारको तुलनामा उक्त रकमले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कामय भएको सुन यस साताको अन्तिम कारोबार दिनसम्म आईपुग्दा ९० हजार ८ सयमा झरेको छ ।
यस्तै, यस सातामा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । चाँदी यस साता तोलाको ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन अर्थात जेठ २८ गते १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी यस साताको अन्त्यसम्म आउँदा १३ सय ५ मा झरेको छ ।
वि.सं.२०७८ असार ६ आइतवार ०८:५५ मा प्रकाशित