back
NMB ad

मेयर शाक्यले हस्तान्तरण गरे बाढीग्रस्त क्षेत्र मेलम्ची पुगेर तीन करोड

Kumari bank ad

मेचलम्ची । सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा अनुसार नै यो रकम हस्तान्तरण गरिएको हो । प्रमुख शाक्यले बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भन्नुभयो, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

शाक्यले त्यहाँको क्षतिको हिसावमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको बताउनुभयो । ‘मेलम्चीसँग हाम्रो भगिनी सम्वन्ध स्थापित भएको छ । भगिनी सम्वन्धलाई अझ प्रगाढ बनाउनु पनि छ । त्यसैले भगिनी सम्वन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले म आफैँ यहाँका बासिन्दाको दुःखमा थोरै भए पनि साथ दिन सकियोस भन्ने हेतुले यो सहयोग रकम लिएर आएको हुँ । यहाँ भएको मानवीय र भौतिक क्षतिको परिपूर्ति यो रकमले हुँदैन । तर, यहाँका जनताको दुःखमा काठमाडौँ महानगरपालिका साथमा छ भन्ने बोध गराउन पनि हामी यहाँ आएका हौँ ।’

उहाँले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न सुझाव दिनुभयो । ‘देशैभरीका नागरिकले अहिले बाढी–पहिरोका कारण विपद् भोगिरहनु परेको छ । काठमाडौँ महानगरपालिकाले भगिनी सम्वन्ध स्थापित गरेको नगर मेलम्ची र थप दुई गाउँपालिकाका जनता पनि अहिले विपद्मा छन् । त्यसैले थोरै भए पनि यो पीडामा मल्हम लगाउन हामी यहाँ आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘कोरोनासँगै अहिले यहाँका बासिन्दालाई अर्को विपद् आइलागेको छ । यो विपद्लाई धैर्य नगुमाई सामान गर्न सबैलाई आग्रह गर्छु ।’

उहाँले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भएपनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको जानकारी गराउनु भयो ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गर्नुभयो । ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’ उहाँले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको बताउनु भयो । ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ’ उहाँले भन्नुभयो ‘हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’

वि.सं.२०७८ असार ७ सोमवार १७:५४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...