back
NMB ad

पुनर्बीमा र एचआईडीसीएलसहित ५ कम्पनीको सर्वाधिक कारोबार, कुनको कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । ५१.६५ अंकले घटेको बजारमा ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन विभिन्न ५ कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको ५४ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज ३ लाख १२ हजार ४५१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७१३ रुपैयाँ छ।

आज पुनर्बीमा कम्पनीसहित नेपाल इन्स्योरेन्स कम्पनी,राधी विद्युत कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी र एचआईडीसीएलको धेरै कारोबार भएको हो ।

बुधवार नेपाल इन्स्योरेन्सको ४२ करोड ४८ हजार रुपैयाँ बराबरको ३ लाख ५५ हजार ६७४ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २४१ रुपैयाँ रहेको छ ।

बुधवार ९.७१ प्रतिशतले सेयर मूल्य वृद्धि भएको राधी विद्युत कम्पनीको ३८ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २२० रुपैयाँ रहेको छ । कम्पनीको आज ३ लाख १५ हजार ८९९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको पनि धेरै सेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड ८९ लाख ५६ हजार रुपैयाँ बराबरको १० लाख २९ हजार २६६ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ रहेको छ ।

त्यसैगरि, आज सर्वाधिकर कारोबरा गर्ने एचआईडीसीएलको ३० करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कम्पनीको ६ लाख ३८ हजार ८८० कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६५ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १७:०५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...