back
NMB ad

नेपालमा २७ करोडको तास आयात, चीनबाट सबैभन्दा बढी

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ करोड ८८ लाख ४० हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।
बुधवार भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । नेपालमा छिमेकी दुई मुलुक चीन र भारतसहित अन्य १० मुलुकबाट तास आयात हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी तास चीनबाट आयात हुने गरेको छ । पछिल्लो ११ महिनाको अवधिमा २४ करोड ९१ लाख ९३ हजार रुपैयाँ बराबरको तास आयत भएको विभागले जनाएको छ । उक्त अवधिमा १ करोड १५ लाख ६२ हजार ७४१ पिस र ३ लाख ६४ हजार २२६ प्याकेट तास आयात भएको देखिएको छ ।

चीनपछि नेपालमा सबैभन्दा धेरै तास अमेरिकबाट भएको छ । उक्त देशबाट जेठ मसान्तसम्म १ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको आयात भएको छ । अमेरिकाबाट २ लाख ७६ हजार ५२३ पिस र २३ हजार ४७२ प्याकेट तास आयात भएको देखिएको छ ।

यस्तै, जर्जिया २६ लाख ७३ हजार रुपैयाँ बराबरको, भारबाट २२ लाख ९६ हजार रुपैयाँ बराबरको, ब्राजिलबाट ४ लाख २९ हजार, बेलायतबाट ४८ हजार, सिंगापुरबाट २७ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

त्यसैगरि, अष्ट्रेरिया १ हजार रुपैया बराबरको १ पिस, इज्रायल ४ प्याकेट, मलेशियाबाट ४ प्याकेट र उल्लेख नभएका १० प्याकेट तास आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वि.सं.२०७८ असार ९ बुधवार १८:३९ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...