back
NMB ad

५९ करोडको विद्युतीय कार आयात, राज्यले पायो ३२ करोड बढी राजस्व

Kumari bank ad

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५८ करोड ७७ लाख १४ हजार रुपैयाँको विद्युतीय कार, जीप तथा भ्यान आयात भएको छ ।

११ महिनाको अवधिमा ४ वटा देशबाट ५८ करोड ७७ लाख १४ हजार रुपैयाँको २१३ थान कार, जीप तथा भ्यान आयात भएको हो । उक्त साना विद्युतीय सवारी साधन आयात हुँदा राज्यले ३२ करोड १९ लाख ५४ हजार रुपैयाँ राजस्व पाएको छ ।

विद्युतीय कार, जीप, भ्यान चीन, भारत, दक्षिण कोरिया र अमेरिकाबाट आयात भएको छ । चीनबाट ११०, दक्षिण कोरियाबाट ६७, भारतबाट २३, अमेरिबाट १३ वटा गाडि आयात भएको छ ।

विभागका अनुसार भारतबाट ५० किलोवाटसम्मको ३ करोड ३८ लाख ३८ हजार रुपैयाँको २३ थान गाडि आयात भएको छ । यस्तै चीनबाट ५० किलोवाटसम्मको ५ करोड २८ लाख ७० हजारको ५४ वटा, ५० देखि १०० किलोवाटसम्मको ५ करोड १३ लाख ३९ हजार र १०० देखि १५० किलोवाटसम्मको ११ करोड १२ लाख ४४ हजार रुपैयाँको ३८वटा विद्युतीय साना सवारी साधान आयात भएको छ ।

यस्तै दक्षिण कोरियाबाट १०० किलोवाटसम्मको ५ करोड २२ लाख ६२ हजार रुपैयाँको १५ वटा, ५० देखि १०० किलोवाटसम्मको २ करोड ५० लाख ७६ हजारको ७ वटा र १५० देखि २०० किलोवाटसम्मको २० करोड ५८ लाख ६१ हजार रुपैयाँको ४५ वटा साना विद्युतीय सवारी साधान आयात भएको छ । विभागका अनुसार अमेरिकाबाट १०० देखि १५० किलोवाटसम्मको ५ करोड ५२ लाख २३ हजार १३ वटा साना विद्युतीय सवारी साधान आयात भएको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १८:३७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...