back
NMB ad

दुई बैंकसहित ४ कम्पनीको सेयर बिक्री गर्दै प्रुडेन्सियल क्यापिटल, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा चार कम्पनीको संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ ।

कम्पनीले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्त को संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले न्युनतम मूल्य २५५ रुपैयाँ रहेको प्रभु बैंकको १ लाख कित्ता, न्युनतम मूल्य २५० रुपैयाँ तोकिएको प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता, ५ रुपैयाँ तोकिएको नेशनल लाइफको २ लाख २५ हजार कित्ता, ६ सय रुपैयाँ न्युनतम मूल्य रहेको ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

सबै कम्पनीको सेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १२:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...