back
NMB ad

बीमा कम्पनीले आर्जन गरे सवा खर्ब बढी बीमा शुल्क, नेपाल लाइफ र शिखरको बर्चश्व कायमै

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीले १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

जसमा जीवन बीमा कम्पनीले १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ र निर्जीनब बीमा कम्पनीले २६ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको ।

समितिका अनुसार जेठ महिनामा मात्रै ३ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा प्रथम बीमा शुल्क ३५ अर्ब १९ करोड, नविकरण बीम शुल्क ६६ अर्ब ५८ करोड र वैदेशिक रोजगारी बीमाशुल्क ५७ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यस्तै निर्जीबन बीमा तर्फ जेठ महिनामा मात्रै १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार ११ महिनाको अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड, नेशनल लाइफले ९ अर्ब ५७ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २७ अर्ब ५७ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै मेट लाइफले ४ अर्ब ५५ करोड, एशियन लाइफले ५ अर्ब ४ करोड, सुर्या लाइफले ३ अर्ब ६१ करोड, गुँरास लाइफले ३ अर्ब १७, प्राइम लाइफले ३ अर्ब ३५ करोड, आईएमई लाइफले २ अर्ब ९ करोड,  यूनियन लाइफले ५ अर्ब ७० करोड, ज्योती लाइफले २ अर्ब ६१ करोड, सन नेपाल लाइफले १ अर्ब ८६ कराड, रिलायन्स लाइफले २ अर्ब १३ करोड, रिलायबल लाइफले २ अर्ब ६४ करोड, सिटिजन लाइफले २ अर्ब ८७ करोड, सानिमा लाइफले १ अर्ब ६६ करोड, प्रभु लाइफले १ अर्ब २१ करोड र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जृन गरेका छन् ।

यस्तै निर्जीबन बीमा तर्फ नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड, ओरियन्टलको ९५ करोड, नेशनलले ७९ करोड, हिमालयन जनरलले १ अर्ब २३ करोड, यूनाइटेडले ९४ करोड, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड, एभरेष्टले ८९ करोड, नेको इन्स्योरेन्सले २ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता सगरमाथाले २ अर्ब २६ करोड, प्रभुले १ अर्ब २६ करोड, आईएमई जनरलले १ अर्ब ३२ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड, शिखर इन्स्योरेन्सले ३ अर्ब ४६ करोड, लुम्बिनीले १ अर्ब १५ करोड, एनएलजीले १ अर्ब ८९ करोड, सिद्धार्थले २ अर्ब २ करोड, जनरल इन्स्योरेन्सले ५९ करोड, अजोडले १ अर्ब १४ करोड र सगरमाथा इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

 

वि.सं.२०७८ असार ११ शुक्रवार १५:५६ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...