back
NMB ad

अब रियलमी बड्स एयर २ र बड्स एयर २ नियो पनि नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ ।

बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको छ ।

यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने (25 db noise reduction depth) तथा कम फ्रिक्वेन्सीका आवज हो – हल्लालाई प्रभावकारी रुपमा कम गर्न सक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ ।

२५ डिबीसम्म हो–हल्ला रद्द गर्ने क्षमता अनावश्यक हो–हल्लाको समस्या समाधान

सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन (अनावश्यक बाहिरी हो–हल्ला रद्द) प्रविधि रियलमीले औषत बर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधी ल्याएको छ ।

रियलमी बड्स एयर २ र एयर २ नियोले २५ डिबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ र प्रायः कम प्रवृत्तिको ध्वनि फिल्टर गरी मूल आवाजभन्दा बाहिरको यातायात, हवाइजहाज लगायतका अन्य वस्तुको आवाज हटाएर ध्वनिमा हुने समस्या समाधान गर्दछ ।

उत्कृष्ट रुपमा ध्वनिको समस्या हटाउनका लागि यसमा आर २ चिपको प्रयोग गरिएको छ । यसले सक्रिय आवाज अर्थात् मूल आवाजलाई समर्थन गरेर बाह्य हो–हल्ला रोक्न मद्दत गर्छ । उत्कृष्ट कम्प्युटिङ प्रदर्शन, उच्चतम ब्याट्री प्रभावकारिता, थप स्थिर जडान र उच्च गुणस्तरीय कलका लागि यसले उत्कृष्ट भूमिका निर्वाह गर्दछ ।

ट्रान्सपरेन्सी मोड बडस् एयर २ र बडस् एयर २ नियो दुबै उपकरणका लागि थप फिचर हो । यसलाई सक्रिय गरेर उपभोक्ताले माइक्रोफोन मार्फत बाह्य आवाज सुन्न सकिन्छ र सजिलैसँग एअरफोन ननिकाली बाहिर अरुसँग सजिलै कुरा गर्न सकिन्छ ।

ताररहित यी दुबै एयरफोनहरु ध्वनि पिकअपका लागि डबल माइक्रोफोनले सुसज्जित छन् । वातावरणीय हल्ला कम गरी वरपरको आवाजलाई घटाएर स्पष्ट रुपमा अर्को व्यक्तिले बोलेको कुरालाई सुन्न सकिने प्रविधीमा यी संस्करणहरु पहिला भन्दा अहिले निकै उत्कृष्ट छन् ।

ट्रेन्ड सेटिङ्ग डिजाइन

आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ ।

यसका प्रयोगकर्ता बढ्दो दरमा रहेकोमा एयर बड्सले उपभोक्ताको व्यक्तित्व र मनोवृत्तिको प्रतिनिधि गर्दै व्यक्तित्व आकर्षक बनाउन सहयोग पुर्याउँछ । जसरी टोपी, कपडा र जुत्ताले व्यक्तित्व आकर्षक बनाउँछ त्यसै रुपमा एयर बड्स देखिएको छ ।

जसकारण कम्पनीले बड्स एयर २ का नयाँ संस्करणका यी दुबै उपकरणलाई विगतका अनुभव र उपभोक्ताको आवश्यकता अनुरुप प्रस्तुत गरेको छ ।

बड्स एयर २ हेर्दा पनि उत्तिकै आकर्षक र सुन्दर देखिन्छ । अघिल्लो संस्करणभन्दा यसको डिजाइनमा थुप्रै फिचरहरु थप गरिएको छ । यो आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ ।

कालो र नीलो तथा चाँदी र सेतो कलरमा उपलब्ध बड्स एयर निकै आकर्षक छ । यसको विशेष आकार र चम्किलो बनावटले यसलाई एक किसिमको स्टाइल आइकन हुने विश्वस्त छ ।

नयाँ संस्करणका यी दुबै उपकरणमा रड आकारबाट परिवर्तन गरी सिमी आकारमा लगेको छ । साथै ग्लिमिंग मिरर टेक्नोलोजीद्धारा विभिन्न कोणबाट हेर्दा विभिन्न रंग झल्काउनाले यसलाई अझ आकर्षक बनाइएको छ ।

हरेक पक्षमा असाधारण सुधार

रियलमी बड एयर २ नियो चौतर्फी अपडेट गरिएको छ । यो सामान्यतया २८ घण्टासम्म र एएनसीका साथ २० घण्टासम्म निरन्तर प्रयोग गर्न योग्य छ ।

जुन अघिल्लो संस्करणको तुलनामा ६५ प्रतिशतले बढी हो । रियलमी बड् २ ले २५ घण्टासम्म आफ्नो क्षमता विकास गरेको छ ।

यसबाहेक गेम मोडमा बिलम्वता ८८ मिली सेकेण्ड छ भिडियो एसिन्क्रोनी, खेलमा हुने विलम्वता, डिस्कनेक्सन तथा अन्य समस्याहरुमा पनि व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । आईपीएक्स ५ को वाटरप्रुफ रेटिंग रियलमी लिंक एपका साथ अनुकूल बनाउन खोजिएको छ ।

अन्ततः एएनसी अन/अफ, इन्टर/एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ नियन्त्रण थप इन्टिलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर र अन्य फिचरहरु पनि उपलब्ध रहेको छन् ।

अग्रगामी प्रविधिका रुपमा लोकप्रिय बन्दै गएको रियलमी विश्वव्यापी रुपमा आफ्ना प्रयोगकर्ताहरुलाई प्रविधिको अधिक र उत्कृष्ट अनुभव प्रदानका लागि कटिवद्ध रहेको छ ।

यसैका लागि नै कम्पनीले रियलमी बड्स एयर २ र बड्स एयर २ नियोलाई सार्वजनिक गरेको हो । जसले सक्रिय स्वर रद्द प्रविधिलाई नयाँ र फरक रुपमा विकास गरेको छ, बाह्य ध्वनि कम गरी हल्ला रद्द प्रविधिको प्रयोगका रुपमा उपभोक्ताको प्रयोगलाई विश्वका शिर्ष १०० डिजेको सहकार्यका साथ शानदार बनाएको छ ।

आगामी दिनमा रियलमीले एआईओटी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएकोमा स्मार्ट र स्टाइलिस डिजाइनका उपकरणको उत्पादन गर्नमा जोड दिने र यसका लागि आवश्यक लगानी गर्ने बताएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १८:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...