back
NMB ad

सबैले भ्याक्सिन नपाए अर्थतन्त्र संकटतर्फ जान्छः गोल्छा, असार २५ भित्र कर तिर्न सूचना निकाल्नु गलतः मल्ल

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले धेरै भन्दा धेरै नेपालीलाई खोप नलगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन नसकिने बताउनु भएको छ । सरकारले समयमा नै खोप ल्याउन नसक्ने र घरमा नै थुनेर राख्ने हो भने समस्या समाधान गर्न नसकिने बताउनु भयो ।

कोभिड-१९ को समस्यामा समेत निजी क्षेत्रले आपूर्ती व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाउनु भयो । ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुदैन,’ गोल्छाले भन्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा ‘कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ बिषयक भरचुअल अन्तरकृया कार्यक्रम सहभागी व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताउनु भएको छ ।

कार्यक्रममा उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नहुनुले गम्भिर आशांका उत्पन्न गरेको बताउनुभयो । संकटमा सरकारले अक्सिननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको समेत बताउनु भयो । ‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई सवै भ्याक्सिन लगाउने घोषणा गरिसकेको तर हामी कहिले हो टुंगो छैन,’ चौधरीले भन्नुभयो ।

विभिन्न ठाऊमा पत्र पठाएकोमा सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको चौधरीले बताउनुभयो । ‘बजेट समेत छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ’ चौधरीले भन्नुभयो ‘दुई तिहाइको सरकार बन्यो भने मुलुकका सारा समस्या समाधान हुन्छ भन्ने भ्रम सवैमा विगतमा रहेको तर अहिले विगतमा सबैमा जनतामा एकप्रकारको भ्रम समेत वर्तमान सरकारले तोडिदिएको ।’ ७ प्रतिशत मात्रै विकास खर्च गर्ने ९३ प्रतिशत चालु खर्च हुने परिपाटी नबदलेसम्म मुलुकले विकास नगर्ने चौधरीको भनाई छ ।

अहिले सरकारले कतिवटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाब गरेर बसेको तर विशेष अर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग कति फस्टाउनमा सरकारले भूमिका खेलेको भन्ने कुरा प्रष्ट भएको चौधरीले बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताउनु भयो । अब भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकार त्यसमा केन्द्रित हुनुनपर्ने शेर्पाले बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकैबीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत भएको बताउनुभयो । ‘कोभिड-१९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पना समेत गर्न सक्दैन’, उहाँले भन्नुभयो । सकारले पहिले भ्याक्सिन दिएर मात्रे अन्य कुरा तर्फ लाग्न मल्लले आग्रह गर्नुभयो ।

बैंकमा समेत तरलता आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । मंसिरदेखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्ष देखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको सिंहले बताउनुभयो । ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्यादथपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा कम गर्न नपाएपछि म्यादथपको विकल्प हुदैन,’ सिंहले भन्नुभयो ।

कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष धुर्वराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताउनु भयो । ५ अर्ब भन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुर्नकर्जा दिएकोले लगानी अनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।

वि.सं.२०७८ असार १२ शनिवार १२:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...