back
NMB ad

जीवन विकास लघुवित्तको आइपीओमा १५ लाख बढी आवेदकले दिए आवेदन

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । आइतबारसम्म १५ लाख १२ हजार ३९४ जना आवेदकले २ अर्ब ३० करोड ५४ लाख ३६ हजार रुपैयाँको २ करोड ३० लाख ५४ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) शुक्रबारबाट निष्काशन भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन दिँदा सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

लगानिकर्ताले आज ९शुुक्रबार० देखि छिटोमा असार १५ गते र त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ

वि.सं.२०७८ असार १३ आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...