back
NMB ad

बीमा कम्पनीको लगानी ४ खर्ब बढी, साधारण सेयरमा मात्रै १८ अर्ब १० करोड, कहाँ कति लगानी गर्न पाइने ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ खर्ब ६ अर्ब ८४ करोड १० लाख २८ हजार रुपैयाँ लगानी गरेका छन् । उक्त लगानीमध्ये सेयर बजारमा मात्रै १८ अर्ब १० करोड ९४ लाख ८१ हजार रुपैयाँ लगानी रहेको छ ।
बीमा समितिका अनुसार निर्जीबन तथा पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६४ अर्ब ३ करोड ८६ लाख ८० हजार रुपैयाँ लगानी गरेका छन् । जसमा आईपीओमा मात्रै ३ अर्ब ९० करोड २० लाख २६ हजार रुपैयाँ लगानी रहेको छ ।

यस्तै जीवन बीमा कम्पनीले ३ खर्ब ४२ अर्ब ८० करोड २३ लाख ४८ हजार रुपैयाँ लगानी गरेका छन् । जसमा सूचिकृत पब्लिक कम्पनीको साधारण (आइपीओ)मा १४ अर्ब २० करोड ७४ लाख ५५ हजार रुपैयाँ लगानी रहेको छ ।

बीमा समितिले आईपीओमा जम्मा लगानीको १० प्रतिशत मात्रै लगानी गर्न भनेको छ । समितिले सरकारको बचतपत्र तथा ऋणपत्रमा न्यूनतम ५ प्रतिशत, वाणिज्य बैंकको मुद्दछित निक्षेप र पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ ।

यस्तै पब्लिक कम्पनीको ऋणपत्रमा बढीमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोतमा बढीमा २० प्रतिशत, म्यूचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, विकास बैैंक तथा वित्तीय संस्थाको मुद्दतिमा बढीमा २० प्रतिशत ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा बढीमा १० प्रतिशत लगानी गर्न भनेको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १७:३६ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...