back
NMB ad

विदेशमा चाँदीका नेपाली गहनाको माग बढ्दै, ६ अर्बको चाँदी आयात हुँदा साढे २० करोड बढीको गहना निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ५ अर्ब ८८ करोड बढीको चाँदी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ५ अर्ब ८८ करोड ३९ लाख ८० हजार रुपैयाँ बराबरको चाँदी आयात भएको हो ।

चाँदी संयुक्त अरब इमिरेट्स (यूएई), चीन, हङकङ, भारत र अमेरिकाबाट नेपालमा आयात हुने गरेको छ । जेठ मसान्तसम्म सबैभन्दा बढी यूएईबाट आयात भएको विभागले जनाएको छ ।

उक्त अवधिमा यूएईबाट मात्रै ३ अर्ब ५३ करोड ९३ लाख ८ हजार रुपैयाँ बराबरको ३६ हजार केजी चाँदी आयात भएको छ ।

यस्तै, हङकङबाट १ अर्ब २२ करोड ५० लाख १६ हजार रुपैयाँ, चीनबाट १ अर्ब ११ करोड ८८ लाख २४ हजार, भारतबाट ६ लाख ७७ हजार र अमेरिकाबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको विभागले जनाएको छ । ११ महिनाको अवधिमा चाँदी आयातबाट सरकारलाई ५० करोड १३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

यो अवधिमा आयात मात्रै होइन् चाँदीका गहना निर्यात समेत भएको विभागले जनाएको छ । भन्सार विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा नेपालबाट २० करोड ६२ लाख ५२ हजार रुपैयाँको चाँदीका तयारी गहना निर्यात भएको छ ।

यो अवधिमा विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गरगहना नेपालबाट निर्यात भएको छ । विभागका अनुसार नेपालीहरु बढी बसोवास बढी भएका मुलुकहरुमा चाँदीका गरगहना निर्यात भएका छन् ।

चालु आवको ११ महिनाको अवधिमा नेपालबाट विश्वका विभिन्न १५ मुलुकमा चाँदीका गहना निर्यात भएको छ । जेठ मसान्तसम्म सबैभन्दा बढी अमेरिकामा १४ करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको देखिएको छ ।

यस्तै, जापानमा १ करोड ४४ लाख ३२ हजार, अष्ट्रेलियमा १ करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका चाँदीका गहना निर्यात भएको छ ।

यी मुलकुसहित बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीट्जरल्याण्ड, टाइवान लगायतका देशहरुमा चाँदीका मौलिक गहनाहरु निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १६:४८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...