back
NMB ad

आज यी चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार बजार ४७.४९ अंकले घटेको छ । बजार परिसुचक पनि २८२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज विभिन्न चार कम्पनीको सर्वाधिक कारोाबर भएको छ ।

मंगलबार राधी विद्युत कम्पनी, नेशनल हाइड्रोपावर, एचआईडीसीएल र नेपाल इन्स्योरेन्स कम्पनीको सर्बाधिक कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी राधी विद्यतु कम्पनीको ४९ करोड ८३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ६ लाख ३० हजार २४१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएकोक छ । मंगलबार कम्पनीको सेयर मूल्य भने ३.७८ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९० रुपैयाँ पुगेको छ ।

मंगलबार सर्वाधिक कारोबार गर्ने दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावरका ३६ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १० लाख ६७ हजार २५९ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ ।

यस्तै, उक्त दिन एचआईडीसीएलको २९ करोड ६७ लाख ५२ हजार रुपैयाँ बराबरको ६ लाख ३२ हजार ५१० कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६७ रुपैयाँ रहेको छ ।

त्यसैगरि मंगलबार नेपाल इन्स्योरेनस कम्पनीको २३ करोड ९९ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २ लाख ३ हजार ६४६ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य १ हजार १४२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १५:१६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...