back
NMB ad

सेयर बजारमा नयाँ रेकर्डः १ खर्ब ७ अर्बको सार्वजनिक निष्काशन, आइपीओ मात्रै करिब साढे १४ अर्ब

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७७-७८ मा १ खर्ब ७ अर्ब ३९ करोड २० लाख ३२ हजार १२५ रुपैयाँको सार्वजनिक निष्काशनको लागि अनुमति पाएका छन् ।

सार्वजनिक निष्काशनमा यो ऐतिहासिक रेकर्ड हो । बोर्डका अनुसार ५७ वटा सूचीकृत संगठित संस्थाको १ खर्ब ७ अर्ब ३९ करोड २० लाख ३२ हजार १२५ रुपैयाँको सार्वजनिक निष्काशनको लागि अनुमति पाएका हुन् ।

अनुमित पाउने अधिकांश कम्पनीले सार्वजनिक निष्काशन गरिसकेका छन् । केहिले गरिरहेका छन् भने केही कम्पनी निष्काशनको तयारीमा रहेका छन् । बोर्डका अनुसार १८ वटा कम्पनीले आईपीओ, मूचुअल फण्ड ९ वटा, हकप्रद ७ वटा र २३ वटा कम्पनीले ऋणपत्र निष्काशनको अनुमति पाएका हुन् ।

बोर्डका अनुसार १८ वटा कम्पनीले १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ आईपीओ निष्काशन गर्न अनुमति पाएका छन् । त्यस्तै २३ वटा कम्पनीले ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नको लागि बोर्डबाट अनुमित पाएका छन् ।

बोर्डबाट ९ वटा कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँको म्यूचुअल फण्ड निष्काशनको लागि पनि अनुमति पाइसकेका छन् । ७ वटा कम्पनीले १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँको हकप्रद सेयर निष्काशनको लागि बोर्डबाट अनुमति पाएका छन् ।

आईपीओ निष्काशनको लागि अनुमति पाएका मध्ये तेह्रथुम पावर कम्पनी, यूनियन लाइफ इन्स्योरेन्स र मध्य भोटेकोशीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न बाँकी रहेको छ । मनकामना स्मार्ट लघुवित्तले आज देखि आइपीओ निष्काशन गरेको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १२:२८ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...