back
NMB ad

मेरो सेयरको पासवर्ड अब आफैले परिवर्तन गर्न सकिने

Kumari bank ad

काठमाडौं । सिडिएससीको मेरो सेयर प्रयोगकर्ताहरूको सहजताको लागि नयाँ व्यवस्था लागु गर्ने तयारीमा जुटेको छ ।

सिडिएससीले लगानीकर्ताको सहजताको लागि भन्दै मेरो सेयरको पासवर्ड लगानीकर्ता आफैले परिवर्तन गर्ने व्यवस्था गर्न लागेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त काम अन्तिम चरणमा पुगेको छ ।

लगानीकर्ताले मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा फर्गेट पासवर्डमा क्लिक गरेपछि सिस्टममा रेकर्ड भएको जस्तैः पुरानो पीन नम्बर, जन्ममिति, इमेले आईडी माग्ने र त्यो म्याच भएको खण्डमा सिस्टमबाट सहजै पासवर्ड परिवर्तन गर्न सकिने न्यौपानेको भनाई छ ।

यसको लागि सिस्टममा काम भइरहेको र केही समयमा नै यो कार्यान्वयनमा आउने उहाँको भनाई छ । यो महिना भित्रै यो कामले पूर्णता पाउने न्यौपानेले बताउनु भयो । यो कार्यान्वयनमा आएपछि लगानीकर्ताले पासवर्ड बिर्सेरे भोग्ने गरेको हैरानी कम हुने छ ।

हालसम्म सिडिएससीले पासवर्ड बिर्सेको खण्डमा १०० पटकसम्म प्रयास गरेर पासवर्ड थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यो भन्दा अघि १० पटकसम्म प्रयास गर्दा पासवर्डले नमान्ने वार्निङ गर्ने र नयाँ लिनुपर्ने व्यवस्था थियो । त्यो व्यवस्थालाई हटाएर १०० पटक पुर्याइएको थियो । अब त्यो झमेला पनि नहुने भएको छ । पासवर्ड बिर्सेपछि आफै पासवर्ड राख्न सकिने छ । अहिले पासवर्ड ६ महिनामा परिवर्तन गर्नुपर्ने व्यवस्था रहेको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...