back
NMB ad

नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश पारित

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा शुक्रबार सम्पन्न भएको छ ।

सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो संगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो ।

कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चयल संचालन गरेको हो ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्ब रुपैयाँ रकम संकलन र १ खर्व ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।

नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा  जडान गरिसकिएको छ ।

वि.सं.२०७८ असार १८ शुक्रवार १७:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...