back
NMB ad

६ दिनपछि एकीकृत कारोबार गर्दै यी दुई फाइनान्स कम्पनी

Kumari bank ad

काठमाडौं । आउँदो असार २७ गतेदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि नेपाल फाइनान्स नामबाट एर्कीकत वित्तीय कारोबार गर्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयरमा कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ गते दिउँसो १२ः३० बजेदेखि असार २६ गतेसम्म दुवै कम्पनीको सम्पूर्ण सेवा बन्द रहने कम्पनीले जानकारी दिएको छ ।

दुवै कम्पनीले जेठ २८ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादीमा रहने छ ।

वि.सं.२०७८ असार २१ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...