काठमाडौं । ज्योति विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।
एक सूचना निकाल्दै बैंकले एक हजारका दरले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ‘ज्योति विकास बैंक बोन्ड २०८७’ निष्काशन खुल्ला गरेको उक्त ऋणपत्रमा आवेदन दिने समय थप भएको हो ।
वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अवधि १० वर्ष रहेको छ । १ अर्ब ५० करोडमा सर्वसाधारण लगानीकर्ताले ६० रुपैयाँका लाग आवेदन दिन पाउने छन् भने बैंक आफैले विभिन्न संघ संस्थालाई ९० करोड रुपैयाँको बिक्री गर्ने भएको छ ।
ऋणपत्रमा न्युनतम २५ कित्ता देखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । असार २० गतेदेखि बिक्रीमा रहेको उक्त ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि समय थप गरिएको हो । आजसम्म (असार २३ गते) माग अनुसार आवेदन नपरेपछि अब साउन ४ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्ध्कमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार २३ बुधवार १२:१७ मा प्रकाशित