back
NMB ad

आइतबारदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकीकृत कारोबार गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले आइतबार (असार २७ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि नेपाल फाइनान्स नामबाट एकीकृत  कारोबार गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयरमा कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले आज दिउँसो १२ः३० बजेदेखि असार २६ गतेसम्म दुवै कम्पनीको सम्पूर्ण सेवा बन्द रहने कम्पनीले जानकारी दिएको छ ।

दुवै कम्पनीले जेठ २८ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादीमा रहने छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १२:१८ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...