back
NMB ad

सनराइज बैंकका सेयरधनीले १० बैंकको नामै तोकेर दिए मर्जमा जान दबाब ! (पत्रसहित)

Kumari bank ad

काठमाडौं । सनराइज बैंकका ७ जना संस्थापक लगानीकर्ताले बैंकका अध्यक्षलाई बैंक मर्जरमा जानको लागि दबाब दिएका छन् ।

बैंकका संस्थापक लगानीकर्ताले १० वटा बैंकको नाम नै तोकेर मर्जरमा जाने प्रस्ताव अघि बढाउन अध्यक्ष मोतिलाल दुगडलाई दबाब सृजना गरेका हुन् ।

संस्थापक लगानीकर्ताहरुले बैंकको हितको लागि भन्दै १० मध्ये कुनै एक बैंकसँग सनराइज बैंक मर्जरमा जानको लागि यथाशिर्घ प्रकृया अघि बढाउन र उपयुक्त मर्जर कमिटी तोकी कमिटीलाई अख्तियारी दिन अनुरोध गरेका छन् ।

संस्थापक लगानीतकर्ताले दिएको लिखित पत्रमा एभरेष्ट बैंक, ,ग्लोबल आईएमई बैंक, हिमालयन तथा इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सानीमा बैंक र सिद्धार्थ बैंकमध्ये कुनै एक बैंकसँग मर्जमा जान अध्यक्ष दुगडलाई लिखित दबाब दिइएको छ ।

यसरी दबाब दिनेमा शिवरतन शारडा (शारडा ग्रुप), कैलाशचन्द्र गोयल (गोयल समूह), श्रवणकुमार गोयल (समूह), भोगेन्द्रकुमार गुरागाई (समूह), शैलेन्द्र कुमार गुरागाई (समूह), बच्छराज तातेड (ताडेड समूह), मालचन्द दुगड (टि एम दुगड ग्रुप एण्ड सूमह) रहेका छन् ।

पछिल्लो समयमा नेपाल नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई एकआपसमा गाभ्ने-गाभिने (मर्जर) नीति लिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरको विषय कसरी आउने भन्ने निकै चासो र प्रतिक्षाको विषय बनिरहेको छ ।

यही मौकामा सनराइज बैंकका अध्यक्ष दुगडलाई बैंकमा ठूलो हिस्सा भएका संस्थापकले नै बैंकको नाम नै तोकेर मर्जरमा जानको लागि सुझाव दिएका छन् ।

वि.सं.२०७८ असार २९ मंगलवार १३:१८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...