काठमाडौं । दुई फाइनान्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । समृद्धि फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म समृद्धि फाइनान्सको सेयर मूल्य ९.०५ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ४८२ पुगेको छ ।
यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ८.७५ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५१ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ६३० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १४:०१ मा प्रकाशित