back
NMB ad

यूनाइटेडलाई नबिलले मर्ज गरेपछि मिश्र नर्भिक अस्पतालको सिइओमा नियुक्त

Kumari bank ad

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ ।

अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो ।

अध्यक्षमा नियुक्त सिंह विगत एकदशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध हुनुहुन्छ । उहाँ नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाश हुनुभएको थियो । यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर हुनुहुन्छ । उहाँ विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुनुहुन्छ ।

उनी यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत रहेका मिश्र यूनाइटेड फाइनान्सलाई नवील बैंकमा मर्ज गराएर एकीकृत कारोबारसँगै बैंकिङ क्षेत्रबाट अवकाशको घोषणा गर्नुभएको थियो । मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन बित्तीय संस्थामा काम गरेको अनुभव छ ।

बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गर्नुभएको थियो । मिश्रले काठमाडौ विश्वविद्यालयबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य)सम्मको अध्ययन पूरा गर्नुभएको छ । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...