काठमाडौं । काठमाडौंमा जारी कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको खोप कार्यक्रम स्थगित भएको हो ।
शुक्रबार एक सूचना निकाल्दै स्वास्थ्य कार्यालय काठमाडौंले स्टकमा रहेको भेरोसेल खोपको पहिलो डोज सकिएपछि स्थगित भएको जानकारी गराएको छ ।
काठमाडौं हालसम्म मौजुदा रहेको भेरोल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नआएसम्मका लागि उक्त कार्यक्रम स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७८ साउन १ शुक्रवार १६:३० मा प्रकाशित