back
NMB ad

सिएनआईको साधारणसभामा प्रम देउवाद्वारा अर्थमन्त्री शर्माको प्रशंसा, उद्योगी-व्यवसायी बने निरास

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले बुधबार १८ औं बार्षिक साधारणसभा मनायो । कार्यक्रमको प्रमुख अतिथिमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रधानमन्त्री नै उपस्थित भएपछि उद्योगी व्यवसायी निकै उत्साहित भएका थिए । सिएनआई पनि धेरै नै उत्साहित बनेको थियो ।

कोरोना महामारीले र्जजर अवस्थाबाट गुज्रिए रहेको अर्थतन्त्रको पुनसंरचना, राहत लगायतका विषयमा केही बोल्नु होला की ? आउँदै गरेको मौद्रिक नीतिका विषयमा वा त्यसमा नीजि क्षेत्रलाई समेटने गरी केही बोल्नु होला की ? केही नीतिगत विषयमा बोल्नु होला की ? भन्ने धेरैको अपेक्षा रहेको थियो । जब प्रधानमन्त्री देउवाले भाषण सुरु गर्नुभयो त्यसपछि सबैका मनमा निरास छाउन थाल्यो । उद्योगी व्यवसायीको मन तथा मुहारमा छाएको निरास खुसीमा परिणत हुन सकेन ।

उहाँले करिब ४ मिनेट गर्नु भएको भाषणमा अधिकांश समय अर्थ मन्त्री जनार्दन शर्माको प्रशंसामा नै बिताउनुभयो । नेपालका अधिकांश नेताहरुले भाषणमा धेरै नै समय खर्च गर्ने र अति नै अनावश्यक भाषण गरेर समय बर्बाद बनाएका कारण मानिस निकै निरास बनेका थिए । त्यही सेरोफेरोमा प्रधानमन्त्री बन्नु भएका देउवा पहिलो पटक भौतिक रुपमा उपस्थित भएर सार्वजनिक कार्यक्रममा जानुभयो, त्यो पनि निजी क्षेत्रको । कोरोनाले नीजि क्षेत्रमा लागेको घाउमा मलम लगाउनु होला की भन्ने धेरैको आशा थियो । फेरी नेपाली काँग्रेस आर्थिक उदारिकरणमा विश्वास गर्ने पार्टी । त्यही पार्टीको सभापति नै प्रधानमन्त्री भएको बेला उहाँबाट धेरै नै आशा रहेको थियो । त्यो आशा पुरा हुन सकेन ।

यस्तो छ प्रम देउवाको मन्तव्य :

बिनोद चौधरीले मेरो जिल्लामा अक्सिजन प्लान बनाउनु भएको छ । उहाँले अरुपनि सहयोग गर्ने बचन दिनु भएको छ । देशमा कोरोनाको समस्या छ । त्यो समस्या समाधान गर्न नेपालका उद्योगपती व्यापारीले सहयोग गर्नु पर्छ भन्ने मेरो धारणा छ र म यहीबाट उहाँहरुलाई आव्हान गर्न चाहन्छु । सरकारको कर्तव्य हो गर्नैपर्छ । साथै तपाईहरुले पनि हातेमालो गर्नुभयो भने हामी छिटै महामारीबाट मुक्त हुनेछौ ।

हाम्रो अर्थमन्त्री जी अत्यन्तै मेहनती हुनहुुन्छ । मलाई विश्वास छ उहाँले नेपालको अर्थतन्त्रलाई छिटै पहिलाको भन्दा माथी उठाउनु हुनेछ । नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ । उहाँले सक्नुहुन्छ । उहाँ एकदमै मेहनती हुनुहुन्छ । उहाँ भिजन पनि भएको व्यक्ति हो । उहाँले बोलेको कुरा सुनेर पनि तपाईले थाहा पाईसक्नु भएको छ । उहाँसँग लगनशिलता छ ।

मैले धेरै कुरा केही भन्नु छैन । मैले बोल्ने कुरा छैन । यहाँ बोलाएर बोल्ने मौका दिनुभयो । त्यसको लागि सिएनआईका हार्दिक धन्यवाद दिनचाहन्छु । अहिले अत्यन्त अप्ठ्यारो अवस्था छ । कोरोनाले दुःख दिइरहेको छ । अर्को भेरियन्ट आउँछ भनेका छन् । त्यसको लागि हामी सबै लागेर अघि बढौ । विकास आवश्यक छ । जिन्दगी बढी आवश्यक छ । जनतासँग पैसा छैन कहाँबाट खोप किन्छन । हामी नि:शुल्क खोप दिन प्रतिबद्ध बनौ । हाम्रो कर्तव्य पनि हो । यहीबाट सबैलाई अनुरोध गर्दैै कोरोनालाई परास्त गरेर अघि बढौ, धन्यवाद ।

 

वि.सं.२०७८ साउन ६ बुधवार १४:३४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...