back
NMB ad

एक वर्षमा आयात २८.६६ प्रतिशतले बढ्दा निर्यात ४४.४३ % ले बढ्यो, ब्यापारघाटा कति ?

Kumari bank ad

काठमाडौं । भन्सार विभागका अनुसार गत वर्ष २८.६६ प्रतिशतले बढेको छ भने निर्यात ४४.४३ प्रतिशतले बढेको छ ।

एक वर्षको अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार एक वर्षको अवधिमा निर्यात ४४.४३ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको निर्यात भएको थियो ।

गत आवमा व्यापार घाटा २७.२६ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा वैदेशिक ब्यापारघाटा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो अवधिमा वैदेशिक व्यापार २९.८५ प्रतिशतले बढेर १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख ५८ हजार रुपैयाँ रहेको थियो । विभागका अनुसार आयात निर्यात रेसियो १०.९२ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १५:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...