back
NMB ad

लगानीकर्ताको ध्यान बैंकमा जाँदा सेयर बजारले राख्यो नयाँ रेकर्ड

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन सेयर बजारका लगानीकर्ता निकै उत्साहित भएका छन् । लगानीकर्ता उत्सहित बन्दा बजारले नयाँ रेकर्ड बनाएको छ । यसअघिको ३०२५ बिन्दुको अंकको रेकर्डलाई तोडेर नयाँ रेकर्डमा बजार प्रवेश गरेको छ ।

कारोबारको सुरु देखि नै बढ्ने क्रममा रहेको बजारले अन्तिम समयसम्म पनि त्यही क्रमलाई नै कायम राख्यो । फलस्वरुप बजार ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ।

यो दिनको कारोबारमा बैंकिङ समूहमा लगानकिर्ताको ध्यान जाँदा र बैंकिङ समूहले भरथेग गर्दा बजारले नयाँ गति लिएको छ । बैंकिङ समूहको उपसूचक ७२.१४, विकास बैंक १३, हाइड्रो ७१.६, वित्त २४.८६, निर्जीबन बीमा ४८.४२, उत्पादन तथा प्रशोधन ७१.८६, माइक्रोफाइनान्स ८६.२३ र जीवन बीमा समूहको उपसूचकमा ३०.८६ अंकको बढोत्तरी देखिएको छ ।

वि.सं.२०७८ साउन १० आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...