back
NMB ad

कोरोना महामारीको चपेटामा नाट्य क्षेत्र : राज्यले पुनरुत्थानमा ध्यान नदिँदा बढ्यो विस्तापित र पलायनको त्रास

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौँ । विश्वव्यापीमा रूपमा फैलिएको कोरोना महामारीले अधिकांश क्षेत्रहरू प्रभावित भए, त्यसबाट नाट्य क्षेत्र पनि अछुतो रहन सकेन ।

कोरोना महामारीले प्रभावित भएको औद्योगिक क्षेत्रले केही हदसम्म पुनरुत्थानका लागि राहत पाएका छन् । त्यस्तो राहत तथा सहुलियत नाट्य क्षेत्रले पाउन सकेको छैन ।

कलाको माध्यमबाट निराश बनेको जो कोहीलाई पनि हँसमुख बनाउने र हँसमुख बनिरहेको व्यक्तिलाई गम्भीर बनाउने क्षेत्रलाई यति बेला कोरोनाले निकै आक्रान्त बनाएको छ । त्यहाँ राज्यको ध्यान पुगेको छैन । कलाकारलाई राज्यको गहना भनिन्छ । त्यस्ता अब्बल दर्जाको गहना उत्पादन गर्ने नाट्य क्षेत्रलाई राज्यले ध्यान नदिँदा धेरैको मन खल्लो भएको छ ।

राज्यले पुनरुत्थान तथा राहतका कार्यक्रम त धेरै टाढाको कुरा, अहिले कोरोना विरुद्धको खोप समेत नपाएको गुनासो रहेको छ । कोरोना कहरले नेपालका पर्यटन, औद्योगिक तथा व्यापार व्यवसायमा ठुलो क्षति पुग्यो । कोरोनाबाट प्रभावित अन्य क्षेत्रलाई राहत तथा पुनरुत्थानको विभिन्न राहत प्याकेज ल्याएको राज्य नाट्य क्षेत्रको पुनरुत्थानको मामलामा भने मौन  देखिएको छ । लामो समयदेखि नाट्य क्षेत्र बन्द हुँदा आर्थिक तथा रचनात्मक दृष्टिकोणले पनि ठुलो क्षति बेहोर्नुपर्‍यो ।  यसमा आश्रित कलाकारहरू पनि आर्थिक सङ्कटमा गुज्रिनु पर्‍यो ।

कोरोना महामारी सुरु भएयता अर्थात् करिब डेढ वर्षदेखि सबै थिएटर बन्द छन् । यस अवधिमा नाट्य क्षेत्रमा के कति क्षति भयो भनेर कुनै लेखाजोखा छैन । बिचमा लकडाउन हटे पनि थिएटर उत्साहजनक रूपमा सञ्चालनमा आउन सकेनन् । त्यही पनि  पुनरुत्थानमा राज्यको ध्यान नपुगेको थिएटर सञ्चालकहरूको भनाई छ ।

राज्यले कोरोनाबाट प्रभावित विभिन्न क्षेत्रहरू तोकेर नै भ्याट, कर छुट लगायतका राहतको प्याकेज ल्यायो । कर्जाको व्याजमा पनि छुट दिने तथा क्षतिको आधारमा पुन कर्जा दिने नीति लियो । कोरोना महामारी सुरु भएयता २ वटा बजेट ल्याइयो । यसका अलावा विशेष सम्बोधन तथा प्रक्रियाबाट राहतका कार्यक्रम ल्याउने काम भयो । तर, बजेट तथा राहत कार्यक्रमले नाट्य क्षेत्रको पुनरुत्थान गर्ने सन्दर्भमा ध्यान पुर्‍याएको छैन । जसका कारण धेरै नाट्यकर्मीहरू  पलायन हुने स्थितिमा पुगेका छन् । निजी क्षेत्र वा समूहहरूबाट सञ्चालित नाटक घर कि बन्द हुने वा झन् ठुलो आर्थिक जोखिममा बस्नुपर्ने सम्भावना देखिएको छ ।

थिएटरहरूको साझा संस्था (सङ्गठन) नाट्य संस्था महासङ्घले पनि यसका लागि कुनै पहल गरेको पाइँदैन । जसले गर्दा पनि राज्यबाट पाउने सेवा सुविधाबाट यो वञ्चित भएको जानकारहरूको भनाई छ ।

मण्डला थिएटरका सचिव एवम् कलाकार विजय बराल कोरोना महामारीले थिएटरलाई गम्भीर असर पारेको बताउनुहुन्छ । कोरोनाका कारण थिएटरहरू एकदमै मारमा परेको उहाँको भनाई छ । तर, त्यसको पुनरुत्थान सरकारले कुनै सहयोग नगरेको बरालको गुनासो छ । ‘सरकारले कोरोना प्रभावित अधिकांश क्षेत्रलाई बजेट मार्फत नै विभिन्न राहत प्याकेज ल्याएको छ । तर, नाट्य क्षेत्र यसरी प्रभावित हुँदा पनि राहत ल्याउने सन्दर्भमा राज्यले वास्ता गरेन,’उहाँले भन्नुभयो, ‘यसले नाट्य क्षेत्रलाई थप पीडा महसुस भएको छ ।’

कलाकारहरूले आफ्नै रिक्सा काम गरिरहनु भएको छ । कलाकारले महिनावारी तलब पनि पाउँदैनन् । यो क्षेत्रमा रहेका कालाकार आर्थिक हिसाबले सबल नभएको र कोरोना महामारीले यस क्षेत्रलाई नराम्रोसँग असर पार्दा समेत सरोकारवाला निकायको कुनै ध्यान नगएको उहाँको भनाई छ ।

‘हामी सबै मध्यम वर्गीय परिवारबाट आएका हौँ । नेपालका अधिकांश रङ्गमञ्च, थिएटरहरू हलहरू भाडा छन्’ उहाँले भन्नुभयो ‘अहिले भाडा तिर्न सक्ने अवस्था छैन, यसले हामीलाई निकै बिचल्ली बनाएको छ ।’ महामारीका कारण विगत दुई वर्षदेखि धेरै सिनेमा हल, थिएटर बन्द अवस्था रहेका छन् । कतिपयले सिनेमा हल भत्काएर व्यापारिक केन्द्र बनाइरहेका छन् । नाट्य क्षेत्र पनि अहिले करिब यस्तै यस्तै अवस्थामा पुगेको बरालको बुझाई छ ।

पहिलो चरणको लकडाउनदेखि हालसम्म एक दुई वटा प्रस्तुति मात्र गरेको उहाँले बताउनुभयो । थिएटर कहिल्यै पनि सरकारको नीति तथा बजेटमा नपरेको उहाँको गुनासो छ । ‘हाम्रो समग्र नाट्य क्षेत्रको संस्थाहरू त छन् तर,उसले आफ्नै तरिकाले काम तथा कार्यक्रमहरू गरिरहेको हुन्छ’ उहाँले भन्नुभयो, ‘हामीले व्यक्तिगत तरिकाले काम गरिरहेका हुन्छौ । त्यसले रङ्गमञ्चलाई त पुग्ला तर अर्थतन्त्रले धान्न सक्दैन ।’

बरालका अनुसार मण्डला थिएटरमा अहिले मासिक करिब २ लाख रुपैयाँ जति खर्च हुने गरेको छ । मण्डलाकै सन्दर्भमा सेयरहाल्डर धेरै भएका कारण थोरै थोरै पैसा उठाएर थिएटर सञ्चालन गरिरहेको बरालको भनाई छ ।  नेपालमा अहिलेसम्म ५० लाख भन्दा बढी लगानी गरेर थिएटर सञ्चालन भएका छन् । कतिपयले  आफ्नै भवनमा बनाएका छन् । उनीहरूले भाडा तिर्नुपर्दैन । तर जसले भाडामा चलाइरहेका छन् उनीहरूलाई निकै समस्या छ । अहिले जसले भाडामा चलाएका छन् उनीहरूलाई भाडा तिर्न तथा कर्मचारी पाल्न समेत निकै धौ-धौ भएको छ ।

कुनै–कुनै बेला भर्चुअल रूपमा कार्यक्रमहरू आउने र त्यसैले टालटुल पारेर कलाकारले आफ्नो दैनिकी चलाइरहेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले मण्डलामा कलाकारसहित करिब २ सय जना भन्दा बढी आश्रित छन् ।

यता, कोरोना महामीरको समयमा पनि सर्वनाम थिएटरलाई भने आर्थिक रूपमा धेरै मार नपारेको अशेष मल्लको भनाई छ । सर्वनामको संस्थापक समेत रहनु भएका मल्लका अनुसार आफ्नै हल भएका कारण भाडा तिर्नु नपरेकोले आर्थिक भार कम परेको बनाउनुभयो ।

थिएटरहरू अहिले पनि व्यावसायिक रूपमा नरहेको उहाँको भनाई छ । ‘यो एउटा कला केन्द्र हो, यसलाई व्यवसायको रूपमा नाफा घाटाभन्दा पनि कला र नाट्य क्षेत्रलाई कसरी समृद्धि बनाऊ सकिन्छ भन्ने हो,– मल्लले  भन्नुभयो ।’ आफूलाई आर्थिक रूपमा असर नपारे पनि कला तथा नाट्य क्षेत्र अभियानलाई भने गम्भीर असर पुराएको संस्थापक मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नाफा कमाउने उद्देश्य राखेको भए, अर्को कुनै व्यवसाय गर्थ्यौ, आफ्नो रुचि र कला तथा नाट्य क्षेत्रका विस्तार उजागरका लागि नै थिएटर स्थापना गरेका हौँ ।’

कोरोना महामारीका कारण आर्थिक रूपमा त्यति असर नगरेता पनि रचनात्मक कार्य गर्न नपाएको राष्ट्रिय नाचघरका नाटक निर्देशक वीरेन्द्र हमालले गुनासो गर्नुभयो । ‘लकडाउनकै बिचमा पनि हामीलाई तलब त आयो, तर त्यस अनुसारको कुनै पनि रचनात्मक कार्य गर्न सक्ने वातावरण नै भएन, हमालले भन्नुभयो, ‘हामीलाई त्यति धेरै समस्या नभए पनि अन्य थिएटर र कलाकारहरूलाई भने निकै पीडा छ ।’

अब सरकारले नाट्य क्षेत्रसँग सम्बन्धित सबैलाई कोरोना विरुद्धको खोपको तत्काल व्यवस्था गरी नयाँ ढङ्गले चलायमान बनाउनुपर्ने हमालको भनाई छ । ‘आफ्नो क्षमता, कला प्रदर्शन गरी पारिश्रमिक लिँदा पनि गर्व महसुस हुने वातावरण सरकारले गरोस्’ हमालले भन्नुभयो ।

वि.सं.२०७८ साउन १० आइतवार १७:०४ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...