back
NMB ad

आधा दर्जन बढी कम्पनीलाई १४ अर्बको हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा आधा दर्जन कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा सात कम्पनीलाई १४ अर्ब बढीको हकप्रद सेयर निष्काशन लागि अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्स कम्पनी, नेपाल फाइनान्स, नागरिक लगानी कोष, नारायणी डेभलपमेन्ट बैंक, अरुण भ्याली डेभलपमेन्ट कम्पनी, अपि पावर र हाइड्रोईलेक्टिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

यी सात कम्पनीहरुले कुल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँ बराबरको १४ करोड ४ लाख ९७ हजार ७० दशमलव २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका हुन् । अनुमति पाएका कुल कम्पनीमध्ये सबैभन्दा बढी एचआईडीसीएलको रहेको छ । कम्पनीले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति पाएको हो ।

कम्पनीले साउन ५ गतेदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रदमा योग्य आवेदकहरुले साउन २५ गते बैंकिङ्ग समयसम्म आफ्नो हक बमोजिममको सेयर खरीदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, नागरिक लगानी कोषले गत वर्षको पुस २ गते १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको थियो । बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
त्यसैगरि गत आर्थिक वर्षमा समृद्धि फाइनान्सले ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निकाष्शनका लागि २०७७ भदौ २ गते अनुमति पाएको थियो ।

नेपाल फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता सेयर निष्काशन लागि गत वर्षको असोज १९ गते, नारायणी डेभलपमेन्ट बैंकले १ः१ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको हकप्रद सेयर निकाशन लागि २०७७ पुस २० गते अनुमित पाएको थियो ।

यस्तै, अपि पावरले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि गत वैशाख १९ गते र अरुण भ्याली हाइड्रोपावरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन लागि २०७७ फागुन २५ गते अनुमति पाएको थियो ।

वि.सं.२०७८ साउन १२ मंगलवार १८:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...