back
NMB ad

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले करोडौं भ्रष्टाचार गरेपछि तात्यो अर्थ मन्त्रालय, बोलायो स्पष्टिकरणको लागि

Kumari bank ad

काठमाडौं । नियामक निकायको प्रमुख भएर पदको दुरुपयोग गर्दै करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै नेपाल धितोपत्रका अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालयले स्पष्टिकरण सोध्ने भएको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आजै केही समयमा नै बोलाएर ‘तपाईलाई किन कारबाही नगर्ने ?’ भन्दै लिखित स्पष्टिकरण सोध्ने तयारी भएको छ ।

बोर्डका अध्यक्ष ढुंगानाले नियामक निकायको अध्यक्ष भएपछि विभिन्न समयमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको देखेपछि मन्त्रालयले स्पष्टिकरण सोध्न लागेको हो ।

उहाँका अनुसार अध्यक्ष ढुंगानाले बोर्डमा गएपछि विभिन्न बाहनामा भ्रष्टाचार गरेको र त्यही पैसाले आफ्न्त तथा साथिभाईको नाममा सेयर किन्ने गरेको पाइएको छ ।

ढुंगानाले पदको दुरुपयोग गर्दै पुँजी बजारको हित विपरित काम गरेको अर्थको तर्क छ । ढुंगानाले कमिशन मागेर हैरान पारेपछि मन्त्रालयका उच्च अकिकारीलाई समेत मौखिक तथा लिखित उजुरी परेका छन् ।

 

यस्तै अध्यक्ष ढुंगानाले कानून विपरीत सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा राखेको प्रमाणसहित सञ्चार माध्यममा आएपछि अर्थले निकै चासो दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ठाडो आदेशमा अध्यक्ष भएका ढुंगानालाई अघिल्लो सरकारको पालमा चलाउन अर्थले चासो दिएको थिएन । अहिले अर्थ मन्त्रालय स्वेतपत्रको तयारी तथा बजेटको रिभ्यूमा लागेको समयमा नै अध्यक्षले गरेको वित्तीय अपराधको बारेमा धेरै विषय बाहिर आउन थालेपछि स्पष्टिकरण सोध्न लागेको बताइएको छ ।

अध्यक्ष ढुंगानाले करोडौ रुपैयाँ भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुुुन्धान आयोगमा पनि उजुरी परेको छ । उक्त उजुरीको विषयमा अख्तियार भने मौन बसेको छ ।

 

वि.सं.२०७८ साउन १३ बुधवार ११:४० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...